
बेथानचोक,काभ्रे।नेकपा एमाले बेथानचोक गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले बेदप्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा पाल्चेन लामा,सचिव डण्डप्रसाद दाहाल,उपसचिव खुलातर्फ दिपेश के.सी,महिला उपसचिवमा लासाँग लामा सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनको उद्घाटन पूर्वमन्त्री एवं नेकपा(एमाले) पोलिटव्यूरो सदस्य माननीय गोकुल बास्कोटाले गरेका थिए ।





