
बुद्धधर्मका सामान्य शिक्षाहरू
भदौ २८ हामीले के बुझ्नु आवश्यक छ भने बुद्धले कुनै महान् पण्डितले विशेष दार्शनिक दृष्टिकोण प्रस्तुत गरेजस्तै शिक्षा दिनुभएको हैन, न त आफ्नै खुसीका लागि मात्र दिनुभएको हो। उहाँको चाहना भनेको धर्मका गहन र व्यापक शिक्षाको वास्तविक सार प्रस्तुत गर्नु थियो। त्यसैले उहाँले आफ्ना शिष्यहरूको क्षमताअनुसार शिक्षा दिनुभयो। उहाँले दिनुभएका शिक्षा कुनै लामा हुन्थे, कुनै छोटा। ती सबै उहाँसँग शिक्षा लिन आउने शिष्यहरूको चित्तको अवस्थालाई सीधा वा उपयुक्त ढंगले सम्बोधन गर्ने खालका हुन्थे।
— बौद्धसाधनाका तीन यान, पृष्ठ १ बाट








