
भदौ २७, महान् पुण्य सञ्चयका लागि हामी गुरु (लामा) को कायलाई अत्यन्तै उज्ज्वल र तेजस्वी रूपमा भावना गर्दछौं। हामी यस्तो चिन्तन गर्छौं कि गुरुसँग सम्पूर्ण प्राणीहरूप्रति असीम मैत्री र करुणा छ, र उहाँको आकाङ्क्षा सबै प्राणीहरू दुःखबाट मुक्त होऊन् भन्ने हो। यस्तो करुणा र मैत्री कुनै विशेष व्यक्तिहरूप्रति मात्र सीमित हुँदैन, यसले सम्पूर्ण प्राणीमात्रलाई समेट्छ। गुरुको चित्त स्वाभाविक रूपमा धर्मधातुमा रहन्छ।
— सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ २३ बाट








