
काठमाडौं।आदिवासी जनजाति समुदायले ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस काठमाडौंमा भव्य रुपमा मनाइरहेका छन् ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने घोषणा गरेको हो ।
देशभरका आदिवासी जनजाति समुदायले संयुक्तरुपमा दिवस मनाएका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह सुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा पनि जल जमिन र जंगलमा आदिवासी जनजातिको अग्राधिकार कायम गर्न र आदिवासीको स्वायत्त क्षेत्र कायम गर्न माग गरिएको छ ।


