पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । कुर्रममा दुई सम्प्रदाय बीचको रक्तपातपूर्ण भिडन्तले पटक पटक गरेर वर्षौंदेखि सयौँको ज्यान लिएको छ ।