
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन परेकाे छ। कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले सूचना प्रकाशित गर्दै तोकिएको अवधिभित्र प्राप्त दरखास्तहरूको स्वास्थ्य बीमा ऐन, २०७४ तथा प्रकाशित सूचनामा उल्लेखित योग्यता र मापदण्ड पूरा गरेका १३ जना उम्मेदवारको आवेदन दिएका हुन्।
आवेदन दिनेहरुमा,डा. राजेन्द्र कुमार पोखरेल,सुभाष कोइराला,बुद्ध काजी श्रेष्ठ,गंगा प्रसाद जोशी,डा. प्रमोद कुमार यादव,डा. मुक्तिनाथ खनाल,डा. होमनाथ गैरे,राजेन्द्र श्रेष्ठ,तुलसी प्रसाद सुवेदी,विमला भट्ट,पारस अधिकारी,रोशन कुमार महतो,उत्तम कुमार कोइराला रहेका छन् । समिति अनुसार आवेदन दिएका उम्मेदवारहरूको छनोट प्रक्रिया प्रचलित कानुन तथा कार्यविधिअनुसार अघि बढाइने छ।


