
काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दै छ ।
संसद् सचिवालयका अनुसार पूर्वाधार विकास समितिको बैठक सोमबार बिहान साढे ९ बजे बस्ने छ ।
आजको बैठकमा यसवर्षको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।





