
साउन २३, धर्म भन्ने शब्द सामान्यतया बुद्धले दिनुभएको शिक्षालाई जनाउन प्रयोग गरिन्छ । तर वास्तवमा धर्मको दुई अर्थ छन् — एक हो शास्त्रीय धर्म अर्थात् बुद्धबाट हामीसम्म परम्परागत रूपमा आएको शिक्षा; र अर्को हो, अनुभूतिको धर्म अर्थात् प्रत्यक्ष रूपमा हुने बोध ।
— भारतमा बुद्धधर्मको विकास, पृष्ठ १५ बाट








