
साउन १७, सामान्यतया हामीलाई आफूप्रति धेरै आसक्ति हुन्छ, जसलाई आत्मग्राह भनिन्छ । यसले “म धेरै महत्वपूर्ण छु”, “म अरूभन्दा सुखी हुनैपर्छ” जस्ता सोच ल्याउँछ । के यस्तो सोच्नु गलत हो ? खासै गलत त होइन । तर, जब हामी आफ्नो सुखको लागि अरूको अनावश्यक फाइदा लिन वा शोषण गर्न थाल्छौं, तब समस्या आउँछ । हामी त सायद सुख महसुस गरौंला, तर अरू दुःखी भइरहेका हुन्छन् । अरूलाई पीडा दिएर आफू मात्रै रमाउनु भनेको मैत्री र करुणाको अभ्यासको ठ्याक्कै उल्टो हो ।
– अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ३८ बाट








