
काठमाडौं।साहित्यकार विश्वराज अधिकारीद्वारा लिखित चिन्तनकृति ‘गीता मन्थन’ तथा डा. कुसुमाकर शर्मा गौतम, खेमराज पोखरेल र अधिकारी लिखित संयुक्त लघुकथाकृति ‘ओदान’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
सोमबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नाट्यकर्मी अशेष मल्ल, कवि विश्वविमोहन श्रेष्ठ लगायतले कृति लोकार्पण गरे ।
कृति सार्वजनिक गर्दै प्रमुख अतिथि मल्लले गीता आफैँमा एउटा अद्भूत ग्रन्थ भएको उल्लेख गर्दै गीता सबैले पढ्नु पर्ने बताए । उनले ४० वर्षअघि नै गीताको दर्शनकाबारेमा बीपी कोइराला र कृष्णप्रसाद भट्टराईबाट सुनेको प्रसंग स्मरण गर्दै निकै पछि गएर मात्र गीताको महत्त्वबारे थाहा पाएको उल्लेख गरे । प्रमुख अतिथि मल्लले गीता अध्ययनले मानसिक शान्ति दिने बताए ।
रामचन्द्र महतो कुशवाहाले मलंगवा नगरपालिकाद्वारा साहित्यकार अधिकारीलाई प्रदान गरिएको ‘बज्जिका सम्मान २०८१’ समेत हस्तान्तरण गरे ।
कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठ,रामचन्द्र कुशवाह, साहित्यकारहरूडा.दीनबन्धु शर्मा, प्रा.डा. मुकेशकुमार चालिसे, श्रीओम श्रेष्ठ रोदन, डा.हिमलाल श्रेष्ठ, ममता मृदुलले कृति र कृतिकारबारे बोले ।
अमेरिकामा पनि प्राध्यापन गर्दै आएका सर्जक अधिकारीले आफ्ना विचार साझा गरेको बताए ।



