
300काठमाडौं।साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईको नियात्रासंग्रह ‘नयाँ भुटानको छायाँ चित्र’माथि विमर्श गरिएको छ ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रा.डा.ज्ञानू पाण्डेले पाठकले पढ्नैपर्ने किताबका रूपमा यो कृति रहेको बताइन् ।
साहित्यकार हेमचन्द्र पोखरेलले यो पुस्तक एउटा पृथक् खजाना भएको बताए । कृतिको चर्चा गर्दै प्रा. डा. कुमारप्रसाद कोइरालाले अमेरिकामा बसोबास गर्दै आएका भुटानीको विषद् चर्चा गरिएको उल्लेख गरे ।
कार्यक्रममा टेकनारायण पोखरेलले यो हृदयले लेखिएको पुस्तक भएको बताए ।
श्रीओम श्रेष्ठ ‘रोदन’ले यो पुस्तकले आफ्नै किसिमको अर्थ बोकेको उल्लेख गरे ।
डा. भट्टराईले आफूले कृतिमार्फत भुटानीको स्थितिलाई उजागर गरेको बताए ।
ओरिएन्टल पब्लिकेसनद्वारा आयोजित कार्यक्रममा डा. तुलसी भट्टराई, अनिता पन्थी, अनिता कोइराला, लक्ष्मण वियोगी, शान्ति रिसाल, नारायणप्रसाद शर्मा, हरि गौतमलगायतले उक्त कृतिमाथि चर्चा गरे ।
यो प्रा.डा.भट्टराईको ८०औं कृति हो ।




