
काठमाडौं।उज्यालो भविष्य संस्था दोलखाको दशौँ वार्षिकोत्सव कार्यक्रममा कवि तथा निबन्धकार श्रीबाबु कार्की ‘राष्ट्रिय साहित्य सम्मान-२०८२’बाट सम्मानित भएका छन् ।
संस्थाको वार्षिकोत्सव कार्यक्रम नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्य र उज्यालो भविष्य संस्थाका दोलखाका अध्यक्ष श्री राजन बस्नेतको अध्यक्षतामा आनन्दभूमि इभेन्ट नयाँ बानेश्वरमा भएको थियोे ।
दोलखा जिल्लामा जन्मिएर राष्ट्रिय रूपमा ख्यातिप्राप्त विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने ११ जनालाई सम्मान गरिएको थियोे ।
विश्व साइकल यात्री पुष्कर शाहलाई ‘अन्तराष्ट्रिय साहसिक सम्मान-२०८२’,पत्रकार रोहित भन्डारीलाई ‘लेखक राष्ट्रिय पत्रकारिता तथा प्रेरणादायी लेखन सम्मान-२०८२’,कलाकार तथा समाजसेवी माया थामीलाई ‘समाजसेवा सम्मान-२०८२’,समाजसेवी विनयजङ्ग बस्नेतलाई ‘राष्ट्रिय मानव सेवा सम्मान -२०८२’,जनप्रतिनिधि पेमाबहादुर तामाङ ‘उत्कृष्ट जनप्रतिनिधि सम्मान-२०८२’ द्धारा सम्मानित भए ।
यसैगरी जनप्रतिनिधि राम बस्नेत ‘राष्ट्रिय युवावर्ष सम्मान-२०८२’,शिक्षासेवी ध्रुवबहादुर खड्का ‘राष्ट्रिय शिक्षा सम्मान-२०८२’, समाजसेवी भरतबहादुर पाण्डेलाई ‘राष्ट्रिय सामाजिक सेवा सम्मान-२०८२’ ,समाजसेवी दिलिप बस्न्यातलाई ‘राष्ट्रिय राष्ट्रसेवा सम्मान-२०८२’,कृषि वैज्ञानिक जगतबहादुर श्रेष्ठलाई ‘राष्ट्रिय कृषि विषेशज्ञ सम्मान-२०८२ ‘लगायतले सम्मान गरिएको थियोे ।
उक्त कार्यक्रममा राष्ट्रिय सभाका सदस्य माननीय घनश्याम रिजाल,नेता अजयबाबु शिवाकोटी, रुद्रबहादुर खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए ।



