
काठमाडौँ।बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले आफ्नो पदबाट राजीनामा दिने भएका छन्।
अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले निर्वासनबाट स्वदेश फर्केर अदालतसमक्ष आत्मसमर्पण गर्ने घोषणा गरेको केही दिनपछि राष्ट्रपति शाहाबुद्दिनले पद छाड्ने निर्णय गरेका हुन्।
उनले शुक्रबार नै राजीनामा दिने तयारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
राष्ट्रपति शाहाबुद्दिनका प्रेस सचिव सरवार आलमले रोयटर्ससँग कुरा गर्दै संविधानअनुसार सभामुखलाई हस्ताक्षरित राजीनामापत्र बुझाएपछि राजीनामा प्रभावकारी हुने बताए।
उनले सभामुख थाइल्यान्डबाट शुक्रबार फर्किने र त्यसपछि राष्ट्रपति शाहाबुद्दिनले औपचारिक रूपमा राजीनामा बुझाउने जानकारी दिए।
संविधानअनुसार राष्ट्रपति पद रिक्त भएपछि नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म सभामुख हाफिज उद्दिन अहमद कार्यवाहक राष्ट्रपति बन्नेछन्।

