
रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढाको मृत्यु भएको छ।
शुक्रबार बिहान भएको दुर्घटनामा उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष करिब ४० वर्षीय जसबहादुर श्रीपालीको पनि मृत्यु भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले जानकारी दिएका छन् ।काठमाडौंबाट फर्कदै गरेका उनीहरू सवार जिप बागलुङमा दुर्घटनामा परेको हो।
जिप दुर्घटनाका घाइते चालक प्रेमको पनि अवस्था गम्भीर रहेको छ। उनको धौलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।






