
काठमाडौं ।ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन् ।
गृहमन्त्री रमेश लेखकमार्फत् राजीनामा मागेका ओलीले राज्यमन्त्रीले राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।
तामाङलाई के कारणले राज्यमन्त्रीबाट बर्खास्त गरिएको हो भन्ने विषयमा प्रधानमन्त्री ओलीले मुख खोलिसकेका छैनन् भने उनको सचिवालयले पनि कारण दिइसकेको अवस्था छैन।
साथै उनको पार्टी कांग्रेसले पनि यसबारे औपचारिक धारणा दिएको छैन।




