
काठमाडौं । प्रमुख तीन दलका नेता छलफलमा जुटेका छन् ।
शनिबार (वैशाख ६) अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न जुटेका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
यसअघि गत चैत ११ गते तीनै शीर्ष नेतासहित संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न पुनः समिति बनाउने सहमति जुटेको थियो ।



