
काठमाडौं ।२८ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।
शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ ।
ती बुँदाहरुमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब,सामाजिक सुरक्षा कोष,दुर्गम भत्ता,ग्रेड समायोजन,मर्यादा क्रम,अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने,राहत शिक्षक लगायतका रहेको बताइएको छ ।
महासंघ महासचिव तुलाबहादुर थापाले भने, ‘हाम्रो मागहरू ९ बुँदामा पेश गरेका छौँ। वार्ता भोलि टुंगो लाग्छ ।’
मंगलबार अबेर रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो।
महासंघ महासचिव तुलाबहादुर थापाका अनुसार वार्ता सहमतिको नजिक पुगेको छ ।




