
काठमाडौं ।आयोजक भक्तपुर निस्ट स्कुलले तेश्रो निस्ट कपअन्तर्गत जुनियर ब्वाइज फुटबलमा शनिबार शान्दार जित हात पारेको छ । निस्टले नव सुन्ताखानलाई ९–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो ।अन्य प्रतिस्पर्धामा नेक्सस इन्टरनेसनल एकेडेमीले जनप्रेमी वल्र्ड स्कुललाई २–० तथा गोल्डेन सुन्गाभाले श्री सञ्जय साइ विद्या मन्दिरलाई २–१ गोलले हराए ।
बास्केटबलको सिनियर ब्वाइजमा जनप्रेमीले जोन डेवीलाई १६–६ तथा टीआईएले एभरेष्टलाई ३७–१८ ले पाखा लगाए ।
सिनियर गल्र्समा निस्टले तपोभूमिलाई ३५–२० ले पन्छायो । जुनियर गल्र्समा सञ्जय साइले हिमालयलाई १०–३ तथा एभरेष्टले मोर्डन स्कुललाई ७–५ ले पराजित गरे ।







