
काठमाडौं । जापानको आइची–नागोया शहरमा सम्पन्न एसियाली खेलकुद २०२६ मा चीनले सर्वाधिक पदक जित्दै शीर्ष स्थानमा प्रतियोगिता टुंग्याएको छ ।
चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य गरी कुल ३४१ पदक जितेको छ । आयोजक जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित २६९ पदक जितेर दोस्रो स्थानमा रह्यो भने दक्षिण कोरिया ३९ स्वर्ण, ४३ रजत र ६८ कांस्यसहित १५० पदक जित्दै तेस्रो भयो ।
त्यस्तै, भारतले २१ स्वर्ण, २७ रजत र ३७ कांस्य गरी ८५ पदक जितेर चौथो स्थान हासिल गरेको छ । समान २१ स्वर्ण जितेको उज्वेकिस्तान भने २५ रजत र २४ कांस्यसहित कुल ७० पदकका आधारमा पाँचौँ स्थानमा रह्यो ।
इरानले १९ स्वर्णसहित ५२, थाइल्यान्डले १८ स्वर्णसहित ५२ र काजकिस्तानले १२ स्वर्ण, २४ रजत तथा ४८ कांस्यसहित ८४ पदक जिते । हङकङले ११ स्वर्णसहित ५४ तथा बहराइनले ११ स्वर्णसहित २२ पदक जितेका छन् ।
मलेसियाले ९ स्वर्ण, ७ रजत र १६ कांस्यसहित ३२ पदक जित्दा उत्तर कोरियाले ७ स्वर्ण, १३ रजत र ९ कांस्यसहित २९ पदक हात पार्यो । संयुक्त अरब इमिरेट्सले ७ स्वर्णसहित १२ पदक जितेको छ । चिनियाँ ताइपेले ५ स्वर्ण, १७ रजत र ३३ कांस्यसहित ५५ पदक जितेको छ । इन्डोनेसियाले ५ स्वर्णसहित ३९, कतारले ५ स्वर्णसहित १६, फिलिपिन्सले ४ स्वर्णसहित २९ तथा कुवेतले ४ स्वर्णसहित ९ पदक जितेका छन् ।
भियतनामले ३ स्वर्ण, ३ रजत र १९ कांस्यसहित २५ पदक जितेको छ । साउदी अरेबियाले ३ स्वर्णसहित १४ पदक पाउँदा सिङ्गापुरले २ स्वर्ण, ९ रजत र ७ कांस्यसहित १८ पदक जितेको छ । त्यस्तै, ताजिकिस्तानले २ स्वर्णसहित १६, जोर्डनले २ स्वर्णसहित ११, म्यानमारले २ स्वर्णसहित ५ र मकाउले १ स्वर्ण, ४ रजत तथा १ कांस्यसहित ६ पदक जितेका छन् । किर्गिस्तानले १ स्वर्ण, ३ रजत र १० कांस्यसहित १४, मंगोलियाले १ स्वर्ण, १ रजत र १३ कांस्यसहित १५ तथा श्रीलंकाले १–१ स्वर्ण, रजत र कांस्यसहित ३ पदक जितेको छ ।
पाकिस्तानले २ रजत र ८ कांस्यसहित १० पदक जित्दा इराकले २ रजत र ३ कांस्यसहित ५ पदक जितेको छ । तुर्कमेनिस्तानले २ रजतसहित २ पदक हात पारेको छ । अफगानिस्तान र लेबनानले समान १ रजत र २ कांस्यसहित ३–३ पदक जितेका छन् । ओमानले १ रजत र १ कांस्यसहित २ पदक जितेको छ ।
कम्बोडियाले ४ कांस्य, नेपालले २ कांस्य, तथा बंगलादेश, ब्रुनाई, लाओस र सिरियाले समान १–१ कांस्य पदक जितेका छन् ।
नेपालले यस एशियन खेलकुदमा महिला कबड्डी र करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन् । यस अघि २०२३ को एशियन खेलकुदमा एरिका गुरुङले करातेमा रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टिमले कास्य पदक जितेको थियो ।







