
काठमाडौं । क्रिस्टियानो रोनाल्डोको अनुपस्थितका बावजुद पोर्चुगलले डेनमार्कविरुद्ध ४–२ को सहज जित निकालेको छ । बिहीबार पोर्चुगललाई नेसन्स लिगमा जित दिलाउन जोआओ क्यानसेलो, गोन्सालो रामोस, भिटिन्हा र जोआओ फेलिक्सले समान एक गोल गरे ।
डेनमार्कका निम्ति मिकेल डाम्सगार्ड र रास्मस होज्लुन्डले समान एक गोल फर्काए । खेलको १३औँ मिनेटमा क्यान्सेलोले पोर्चुगललाई अग्रता दिलाए । तर, यो अग्रता टोलीले लामो समयसम्म जोगाउन सकेन । २३औँ मिनोटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई १–१ को स्थितिमा फर्काए । यसको दुई मिनेटमा २५औँ मिनेटमा पोर्चुगललाई रामोसले गोल गर्दै २–१ को अग्रतामा राखे ।
खेलको ५३औँ मिनेटमा टोलीका होज्लुन्डले गोल गरेपछि डेनमार्क २– २ को बराबरीमा फर्कियो । यसपछि, भिटिन्हाले ६७औँ र फेलिक्सले ८७औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् ।
जितसँगै पोर्चुगलले समूह चारमा नौ अंक जोडेको छ । टोलीले तीन खेल खेल्दा शतप्रतिशत जित निकाल्दै यो नतिजा हासिल गरेको हो ।
बिहीबार नै नेसन्स लिगअन्तर्गत ग्रिस र नेदरल्यान्सले २–२ को बराबरी गरेका छन् ।
