
काठमाडौँ । काठमाडौंमा आज हल्का वर्षाको सम्भावना छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको हो ।
दिउँसोपछि साँझसम्म हल्का वर्षाको सम्भावना छ । तर, वर्षाको सम्भावना निकै न्यून छ।
वर्षा भए पनि हल्का वर्षा मात्रै हुनेछ ।
यसैबीच, आज दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति देशका तराई भूभागमा आंशिक बादल रही हुस्सु लाग्नेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।



