
पनौती,काभ्रे ।नेकपा एमाले पनौती वडा नम्बर ९ को दोश्रो वडा अधिबेसन एमालेका केन्द्रीय सदस्य रेशम लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिवेशनमा उद्घाटन मन्तव्यको क्रममा बोल्दै प्रमुख अतिथि लामाले भने-” चुनावमा एमाले पराजय हुँदा विकास निर्माणका काम पछि धकेलिएको छ । २०८४ सालमा ९ नम्बर वडामा चुनाव हार्ने छुट हामीलाई छैन् । ”
उनले पार्टीलाई नयाँ उचाईमा लैजान सबैको योगदान आवश्यक भएको औल्याए ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य रमेश पौडेल, प्रदेश कमिटी सदस्य एवं पनौती नगरपालिका उप मेयर गीता बन्जारा, नेकपा एमाले पनौती नगर कमिटि अध्यक्ष सुरेश हुमागाईं, सचिव शिवराम आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनबाट उद्धव थापाको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ।यसैगरी कमिटीमा उपाध्यक्ष सानोबाबु खत्री, सचिव रामबाबु केसी, सह सचिव भोज कुमारी मल्ल ठकुरी, सह सचिव सुभाष राई सर्वसम्मत निर्वाचित भएका छन्।
नेकपा एमाले पनौती नगरपालिका वडा नम्बर ९ कमिटिका अध्यक्ष उद्धब थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन नगर कमिटि सदस्य राजीव घोरासैनिले गरेका थिए।




