
काठमाडौं ।राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरभित्रै निगरानीमा राखेको छ।
शुक्रबार तीनकुनेमा भएको घटनाले हिंसात्मक रूप लिएपछि संयोजक सुवेदीलाई प्रहरीले कुमारीगालस्थित घरमै राखेर निगरानी गरेको हो।
अहिलेसम्मरवीन्द्र मिश्र, धवल शमशेर, स्वागत नेपालसहित पाँच जनालाई पक्राउ गरेको हो।
डिआइजी दिनेश आचार्यले घटनाको पुष्टि गरेका हुन्। ‘नजरबन्द भन्दा पनि उहाँका मुभमेन्टहरू थप नहोस् भन्ने हिसाबले घरमै निगरानीमा राखेका हौं,’ उनले भने।


