
काठमाडौँ ।अर्थ मन्त्रालयले भोटेकोसी नदी बाढी प्रभावितका निम्ति राहत संकलन र समन्वय कार्यलाई व्यवस्थित बनाउन एकद्वार प्रणाली सञ्चालनमा ल्याएको छ ।
बाढी प्रभावितका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद राहत तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृनिकाय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई अर्थ मन्त्रालयमार्फत समन्वय गर्न सूचना जारी गरिएको हो ।
राहत संकलन तथा व्यवस्थापनलाई सहज बनाउन मन्त्रालयले विभिन्न सम्पर्क व्यक्तिहरू तोकेको छ । अन्तर्राष्ट्रिय दातृनिकाय तथा संघसंस्थाहरूबाट राहत संकलन गर्न अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल (९८५११८३००१)लाई तोकिएको छ ।
निजी क्षेत्र तथा सहयोगी व्यक्तिहरूका निम्ति अर्थमन्त्रीको सचिवालयका प्रमुख स्वकीय सचिव नवीन ढुंगाना (९८४१९७९०७५), निजी सचिव कञ्चन बस्नेत (९८४९१९७१११), स्वकीय सचिव खोमनाथ अधिकारी (९८५१३५४३४४), शाखा अधिकृत माधव भण्डारी (९८५१२०६२०१)लाई तोकिएको अर्थमन्त्रालयले जनाएको छ ।
