
काठमाडौँ ।हिजो भोटेकोसीमा आएको बाढी र पहिरोका कारण विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाली भाषा,साहित्य,गीतसंगीतको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाहरुले दु:ख व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन् ।
उनीहरुद्धारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जनधनको अकल्पनीय क्षतिबाट उनीहरु स्तब्ध भएको उल्लेख गर्दै जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा रमेश विकल साहित्य प्रतिष्ठान, साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान,नेपाल स्रष्टा समाज,बासु शशी स्मृति प्ररिषद्, एपेक नेपाल,नेपाली कलासाहित्य डट कम प्रतिष्ठान,गुञ्जन,नेपाल मुक्तक प्रतिष्ठान,उपन्यास समाज नेपाल, अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठान,लिलाध्वज थापा साहित्य प्रतिष्ठान,दायित्व वाङ्मय प्रतिष्ठान,गीतकार संघ नेपाल,भूगोल साहित्य समाज,सुनकोशी वाङ्मय प्रतिष्ठान,नेपाल बालसाहित्य समाज,लघुकथा समाज लगायत डेढ दर्जन साहित्यिक संघसंस्थाहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी देश राष्ट्रिय शोकमा भएको भन्दै विपद्मा परेका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
संयुक्त विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सम्पूर्ण नेपाली आपतविपतमा परेकाहरूको उद्धार र सहयोगका लागि एकजूट भएर लाग्नुपर्छ । हामी सिर्जनकर्मीहरू राष्ट्रिय शोकको यस घडीमा सरकार र निजीक्षेत्रबाट भइरहेका वा हुने सहयोगप्रति ऐक्यबद्धतासमेत प्रकट गर्छौं । साथै, विपतबाट नआत्तिई अत्यन्त धैर्यका साथ आआफ्नो ठाउँबाट उद्धार लगायतका कार्यमा सहयोग गर्न सबैमा हार्दिक आह्वान पनि गर्दछौं ।’
