
पनौती,काभ्रे । नेपाल कम्यूनिष्ट पार्टी एमाले पनौतीको वडा नं.४ को वडा अधिवेशन सम्पन्न भएको छ।
वडा कमिटी अधिवेशनको उद्घाटन एमाले केन्द्रिय सदस्य रेशम लामाले गरेका थिए ।
शनिबार सम्पन्न भएको वडा अधिवेशनले नकुल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत वडा कमिटीको चयन गरेको छ ।
उक्त कमिटीको उपाध्यक्षमा गंगा श्रेष्ठ,सचिव धिरज काफ्ले,उपसचिव राजकुमार घुलु,महिला उपसचिव सम्झना लामा सर्वसम्मत चयन भए ।
अधिवेशन उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य नविना लामा, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई लगायत पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटी सदस्य मिरा पौडेल, गोविन्द उप्रेती, विभिन्न जनवर्गिय संगठनका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
अधिवेशनमा विभिन्न पार्टी परित्याग गरि शुशिल श्रेष्ठ, राजु अधिकारी, पदम परियार एमाले प्रवेश गरेको आयोजकले बताए । कार्यक्रम वडा कमिटी अध्यक्ष दिपक दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।






