
काठमाडौं।दक्षिणकाली काव्य उत्सव सम्पन्न भएको छ ।
दक्षिणकाली नगरपालिकास्थित सुसेली साहित्यिक प्रतिष्ठानले उक्त काव्य उत्सव सम्पन्न गरेको हो ।
दक्षिणकाली क्षेत्रमा आयोजित कार्यक्रममा नगरप्रमुख मोहन बस्नेतले कवि तुलसी दिवस, साहित्यिक पत्रकार रोचक घिमिरे र आख्यानकार माया ठकुरीलाई सम्मान गरे ।
प्रतिष्ठानले कवि दिवसलाई ‘सुसेली साहित्यिक काव्य सम्मान–२०८१’, साहित्यिक पत्रकार घिमिरेलाई ‘सुसेली साहित्यिक पत्रकार सम्मान–२०८१’ र आख्यानकार ठकुरीलाई ‘सुसेली कथा सम्मान–२०८१’ द्वारा सम्मान गरेको हो ।
तीनै स्रष्टालाई सम्मानपत्रका साथ नगद राशि ११ हजार १११ रुपैयाँ प्रदान गरियो ।
कार्यक्रममा ५० भन्दा बढी कविले कवितावाचन गरे ।




