
विराटनगर ।नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदको अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन्।
विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकारले ल्याएको पाँच वटा अध्यादेश फिर्ता लिई सदन भित्रबाट विधेयक पारित गर्नुपर्ने बताए।
उनले सात राजनीतिक दलको उपस्थिति एवं एकदलको समर्थन शुक्रबार बसेको बैठकले अध्यादेशको विरोधमा संयुक्त वक्तव्य जारी गरेको जानकारी दिए।
उनले पार्टीका केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरूको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको पनि बताए।





