
काठमाडौँ।त्रिभुवन विश्वविद्यालयमा सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलविरूद्ध नाराबाजी गरी प्रदर्शन गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार विश्वविद्यालयको ६७ औं वार्षिक दिवसको अवसरमा मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुगेका थिए।
त्यही कार्यक्रमस्थल बाहिर मन्त्री पोखरेलविरूद्ध प्रदर्शनमा संलग्न युवाहरूले नेपो बेबी मुर्दावाद, मेरिटोक्रेसी लागू गर जस्ता नारा लगाएका थिए। नाराबाजी गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

