
काठमाडौँ । सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितका लागि हुन नसक्ने भन्दै आम द्वन्द्वपीडित समुदायले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरुले विश्वसनीय र पारदर्शी प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन्।

