काठमाडौं । अहिले मन्त्रिपरिषद् बैठक बस्ने तयारी हुँदैछ ।
सरकारले केही अध्यादेशको तयारी गरेका कारण त्यस बारेमा प्रधानमन्त्री, मुख्यसचिव र कानुनमन्त्रीसहितको टोलीले राष्ट्रपतिलाई भेट गरेर जानकारी गराएको छ ।
“राष्ट्रपतिसँगको भेटमा अध्यादेशका बारेमा र भइरहेको तयारीका सम्बन्धमा छलफल भएको हो,” प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।




