
काठमाडौं, थन्डरबोल्ट्स कप २०२४ अन्तर्गतबुद्धिचालमा जेम्स स्कुल च्याम्पियन बनेको छ।
आइतवार भएको यु १८ समुहको अन्तिम नतिजामाजेम्सले स्वर्ण पदक जित्दा मनकामना स्कुल र डिएभी स्कुल संयुक्त रुपमा दोस्रो स्थानमा रहे।
त्यस्तै यु–१४ तर्फ पुरुष तथा महिलातर्फ दुवै समूहको बुद्धिचाल प्रतियोगिता प्रतियोगीहरुले प्राप्त गरेको अङ्कको आधारमा निसर्ग वाटिका स्कुलले स्वर्ण, बिएन एकेडेमीले रजत तथा इम्पेरिएल वर्ल्ड स्कुल र टिआइए स्कुलले काश्य पदक प्राप्त गरे।






