
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी नेतृत्वसँग जोडिएका विषयहरुको छानविन गर्न चूनौती दिएका छन् ।
आज दरवारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यो चूनौती दिएका हुन् ।
‘छानबिन गरौं न, के फरक पर्छ ?’, उनले भने ।
महासचिव पोखरेलले यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको उनले दाबी गरे । अहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको हल्ला पनि भ्रम भएको पोखरेलले बताए ।उनले सरकारका कार्यहरुको बचाउ पनि गरे ।
उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली अराजकताकाविरूद्ध उभिँदा षड्यन्त्रको सिकार भइरहेको बताए।
पार्टीको काठमाडौं, भक्तपुर र ललितपुर तथा जनसंगठनहरूले आयोजना गरेको सभामा बोल्दै उनले शुक्रबारको सभाले पार्टी जनता र राष्ट्रको हृदयमा भएको सन्देश दिएको बताए।



