
काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय सेना प्रमुख उपेन्द्र द्धिवेदी आज भारत फर्किए । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा पाँचदिने नेपाल भ्रमणमा आएका थिए ।
उनले भ्रमणका क्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।
नेपालको भ्रमण समाप्त गरी उनी स्वेदश फकिएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले बिदाइ गरे ।

