
सहकारी पिडितले न्याय पाउनु पर्छ :
अहिलेको हैन, त्यतिबेलाको टेलिभिजन चिच्याहट नै ठगी धन्दाको प्रमुख जग हो
होमप्रसाद चौंलागाँईं
कानून कहिले काहीँ निदाउन सक्छ, तर मर्दैन । कानून बिनाको मानव जीवनको कल्पनापनि गर्न सकिँदैन । कानूनलाई जीवन दिने र कानूनलाई निदाउन नदिने कर्तव्यपथका अविश्रान्त कर्मठ यात्रीहरू भनेका कानूनकर्मीहरू र न्यायकर्मीहरू हुन् । त्यसको पनि एउटा सरल रेखा सहितको गन्तब्य हुन्छ । कानूकर्मीहरु कानूनभित्र आफ्नो जीवन देख्दछन् र आ—आफ्नो कर्मको माध्यमबाट प्रत्यक्ष वा परोक्ष्य रुपमा कानून लेख्दछन् ।
न्यायालय र कानूनकर्मीहरु एक अर्काका परपूरक हुन् । कानूनको माध्यमबाट न्यायरुपी साध्य प्राप्तिका लागि सधैं प्रयत्नशील रहने कानून र न्यायका सारथीहरू हुन् । न्यायपालिकामा कार्यरत रहने अधिकृतहरू पनि न्यायकर्मी हुन् र स्वाभाविक रुपमा न्यायका सारथी पनि भन्ने कुरामा दुईमत हुन सक्दैन ।
तह र जिम्मेवारीका हिसावले न्यायपालिकामा रहने जनशक्तिहरूको अवस्था र हैसियत भिन्न भिन्न छ, तर कर्मक्षेत्रको उद्धेश्य एउटै हो–प्रभावकारी न्याय सम्पादनको माध्यमबाट न्यायपालिकाको गरिमालाई उच्च बनाउँदै लैजाने । करिब तीनसय संख्याको हाराहारीमा रहेका न्यायपालिकाभित्रका अधिकृतहरू बिचको एकताको पहिलो बिन्दु भनेको पेशागत हकहितको रक्षा र सम्बद्र्धन नै हो भने दोस्रो बिन्दु भनेको संगठित शक्तिको माध्यमबाट न्यायका उपभोक्ताहरूलाई प्रभावकारी रुपमा न्यायरुपी साध्य प्राप्तिका लागि सहज र सरल वातावरण निर्माण गरी सन्तुष्टि दिनु ।
यसै सन्दर्भमा सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति नेपाल सरकारका पूर्व गृह तथा उपप्रधानमन्त्री आफैं प्रहरी हिरासतमा पुगेका छन् । धेरै बोलेर गिनिज बुकमा नाम समेत लेखाएका कुनै बेलाका प्रखर सञ्चारकर्मी समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने न्यायको कसीमा छन् । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका लामिछानेलाई सोही दिनदेखि उनले ठगी गरेको ठाउँहरुमा पु¥याउने क्रम जारी छ ।
पछिल्लो समय पार्टीको नाम राख्न समेत स्वतन्त्र र स्वतन्त्रता चाहनेहरु माथी ठगी गर्दै र धावा बोल्दै स्वतन्त्र शब्दको ब्ल्याकमेलिङ गर्दै राष्ट्रिय स्वतन्त्र पाटीको नामबाट दल दर्ता गरेर सभापति बनेका रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक आन्दोलन शुरु गरेको छ । आन्दोलन अन्तर्गत रास्वपाले शनिबार पोखरा, काठमाडौँसहितका विभिन्न सहरमा विरोध प्रदर्शन गर्दै सरकारको चर्को आलोचना गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट जननिर्वाचति निर्वाचित माननीय सांसद्हरु आफैं छानविन प्रक्रियाको विरुद्धमा सडकमा छन् । जानन्नेलाई छान्ने कुराको अपभ्रम्स भएको छ । स्वतन्त्र र स्वतन्त्रताको नाममा खिल्ली उडाइएको छ ।
त्यति मात्र छैन, न्ययलयलाई प्रभावित पार्ने, न्यायिक छानबिन प्रक्रियालाई अन्यौमा पार्ने र बल मिचाईंगर्ने हिसाबले आन्दोलन निरन्तर गरी रहने बताईंदै समेत आइएको छ । प्रदर्शनलाई ठूलो र घनिभूत बनाउान देशभरबाट कार्यकर्ता एकै ठाउँमा जुटाउने कार्य चलिरहेको छ । केही स्थलमार्ग र केही हवाई मार्गबाट कार्यकर्ता आन्दोलन स्थलहरुमा पु¥याइ रखिएको छ । विरोध प्रदर्शनका क्रममा पार्टीका जिल्लादेखि केन्द्रीय नेताले संवोधन गर्दै सहकारी पिडितहरुको विरुद्धमा धावा बोलिरहेकाछन् ।
एकातिर त्यस खालको हरकत कायम छ भने अर्कोतर्फ लामिछाने पक्राउ परेसँगै समग्रमा सबै सहकारी पीडितले न्याय पाउनु पर्ने मागसमेत उठेको छ । रास्वपाका कार्यकर्ता र सहकारी पीडितले आन्दोलन गर्ने जनाएपछि पोखरा लगायतको ठाउँहरुमा सुरक्षा सतर्कता बढाइएको देखिन्छ ।
सरसर्ती र सामान्य आँखाले मात्र हेर्दा हकारीको रकम टीभीमा दुरुपयोगको सन्दर्भ सामान्य र सजिलै बुझिने खालको छैन । त्यतिबेला गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसाबाहेक अरु केहीको पैसा खर्च भएको छैन, त्यसैले सहकारीको पैसा खर्च गरेर अपचलन गरेकाले कारबाहीको भागेदार हुनुपर्छ भनिएको छ । सहकारीको रकम अपचलनमा संलग्न रहेको प्रश्न उठेसँगै रविले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् । आफू सहकारीको सदस्य नभएको र फारम भरेर ऋण पनि नलिएको उनको दाबी छ । संसदीय समितिमा दिएको बयानमा त उनले ‘मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन’ भन्ने दाबी गरे ।
छानबिन समितिका सदस्यहरुका अनुसार, रवि लामिछानेले दाबी गरेजस्तो उनको व्यक्तिगत खातामा सहकारीहरुको पैसा गएको छैन । आफैंले फराम भएर सहकारीबाट ऋण लिएर नतिरेको पनि होइन । तर, सहकारीको रकम उनको पेटमा नपरेको दाबी ‘झुटो’ मात्र होइन, हिनामिनामा उनको संलग्नता रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ ।
समितिका अनुसार जीबी राईको समूहले सञ्चालन गरेको सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको ८ अर्ब अपचालन भएको छ । गोर्खा मिडिया नेटवर्कका साथै जीबी राईले सञ्चालन गरेको कम्पनीहरुमा यो रकम प्रवाह गर्दा कुनै पनि कागजी प्रक्रिया पुरा गरिएको छैन । न जीबी राईले फराम भरेर पैसा लिएका हुन्, न अरुले ।
यसरी हर्दा सहकारीको रकम गोर्खा मिडियामा प्रत्यक्ष रुपमा ६५ करोड रुपैयाँ आएको छ । अरु रकम भने जीबीले सञ्चालन गरेको कम्पनीहरुमार्फत आएको देखिन्छ । कतिसम्म भने गोर्खा मिडिया नेवर्कको स्थापना नै सहकारीको रकम दुरुपयोगबाट भएको पाइएको छ ।
गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) खोल्ने समयमा ५ करोड पुँजी तोकिएको थियो । रवि लामिछानेले १५ प्रतिशत शेयर लिए । यसवापत उनले ७५ लाख रुपैयाँ हाल्नुपर्ने थियो । यो रकम जीबी राईले व्यवस्थापन गरेको रविको दाबी छ । तर सहकारी छानबिन समितिको अध्ययनका क्रममा ९रविको नामको ७५ लाखसहित० ५ करोड रुपैयाँ सहकारीको बचत अपचलन गरेर ल्याएको पाइएको छ । रवि सुर्यदर्शन सहकारीका बचतकर्ता थिएनन् । त्यसैले सृजनाचोक, पोखरा ठेगाना राखेर रविको नाममा ७५ लाख ऋण प्रवाह भएको देखाइयो ।
गोर्खा मिडिया नेटवर्कको पूँजी बढाएर १२ करोड पु¥याइयो । १५ प्रतिशत शेयर वापत रविले १ करोड ८० लाख रुपैयाँ हाल्नुपर्ने भयो । यो रकम बुटबलको सुप्रिम सहकारीबाट ल्याइएको पाइएको संसदीय समितिले बताएको छ । रवि, सुप्रिम सहकारीको पनि सदस्य थिएनन् । त्यसैले उनको नाममा ऋण जारी भएन । रवि लामिछाने, बुटवल ११ को ठेगानामा फर्जी ऋणी खडा गरेर रकम निकालियो । रकम भने रवि समेत तीन जनाले संयुक्त रुपमा सञ्चालन गरेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भयो । सहकारीकी कर्मचारी रोशनी गुरुङले संसदीय समितिमा दिएको बयान पनि यही छ । देशको गृहमन्त्री सम्मको राजनीतिक लक्ष्य र उद्देश्य राखेको नव जवान युवा जसको मुख्य उद्देश्य नै जान्नेलाई छान्ने रहेको थियो, उसैको फर्जी कर्जा, फर्जी ठेगाना, दोहोरो राहदानी, विभिन्न नागरिकता ! त्यहि त रैछ आखिर जान्नेलाई छान्ने र इन अफ इज् इन अफ !
त्यसैले चाहे त्यो पोखरा होस् वा वुटवल, चितवन, काठमाडौं वा देशका जुनसुकै ठाउँ । साग बेचेर र मकै पोलेर २ रुपैयाँका दरले जम्मा गरेको बचतकर्ताहरुको रकम फिर्ता हुनु पर्दछ । छवि, रवि र जिवी नाम गरेका ‘बी’हरुमात्र हैनन् । सबै ठगहरुलाई कानूनी कठघरामा उभ्याउँनु पर्दछ । सहकारी पिडितहरुको रोदन, पीडा र चिच्याहट सहित चहराएको घाउमा मलम लगाउनु पर्छ । जनताको सरकार अग्रसर र अडिग रहनु पर्दछ । जनपक्षीय काम गर्दै जाँदा केहि दिनको विरोध पानीको फोका हो । फुट्दै जान्छ र आफैं सकिन्छ ।









