
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध शनिबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी गरेको छ ।
त्यसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।
काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको र प्रदर्शन भ्रष्टाचार र बेथितिको विरुद्ध लक्षित गरिएको बताइएको छ ।


