
काठमाडौं ।आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको छ ।
आफ्ना मान्यजन र नातेदारहरुकोमा गएर टिका र जमरा लाउने कार्य आज पनि भैरहको छ।
मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्।

