
काठमाडौं । आज विजया दशमी । दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । यसैदिन दसैंघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टिकाको निम्ति आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ। तर आज जतिबेला पनि टिका लगाउन मिल्ने बताइन्छ ।


