
काठमाडौं । धौलागिरि हिमाल पर्वतारोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ।
पर्यटन विभागका निर्देशक राकेश गुरूङका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव फेला परेको हो।
पाँचै जनाको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको निर्देशक गुरूङले बताए।
हेलि एभरेष्टको हेलिकप्टर उद्धारका लागि खटिएको थियो।
बेस क्याममा दुई जना र एक जना क्याम्प वानमा सकुशल भेटिएका थिए। क्याम वानमा भेटिएका ती व्यक्तिको उपचार भइरहेको विभागले जनाएको छ।
मृतक पाँच जना एलेक्सान्द्रा डुशेको, ओलेग कुर्गलोभ, क्रिस्टिकोभ भ्लादिमिर, नोसेन्को मिखाइल र शिपिलेभोज दिमित्रीको शव फेला परेको हो।




