
काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु,सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोबिन्सनलाई नोबेल पुरस्कार समितिले पुरस्कृत गर्ने निर्यण गरेको छ ।
तीनै जना अर्थशास्त्रीहरूले संस्थाहरू कसरी बन्छन् र समृद्धिमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा गरेको गहन अध्ययनका लागि यो पुरस्कार जित्न सफल भएको जनाइएको छ । समावेशी र प्रभावकारी संस्थाहरू भएका देशहरूमा आर्थिक वृद्धि हुने सम्भावना बढी हुन्छ भन्ने कुरामा उनीहरुको अध्ययन देखिएको छ ।

