
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर अमेरिकाबाट स्वदेश फर्किएका छन् ।
शनिबार (असोज १०) अपराह्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन् ।
प्रधानमन्त्री बालेनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरे ।
प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्य नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन न्युयोर्क गएका थिए । उनले स्थानीय समयानुसार असोज ८ गते महासभामा सम्बोधन गरेका थिए ।
