
काठमाडौं । फ्रान्स फुटबल म्यागाजिनले प्रदान गर्ने बालन डी‘अरको मनोनयनमा इंग्ल्यान्डका ६ खेलाडी मनोनीत भएका छन् ।
बुधबार राति सार्वजनिक मनोनयनमा इंग्ल्यान्डबाट कप्तान ह्यारी केन, मिडफिल्डर जुड बेलिंघम, फिल फोडेन र डेक्लान राइस छन् । यस्तै, फरवार्डद्वय बुकायो साका र कोल पाल्मेर पनि मनोनयनमा परेका थिए । गत वर्षको बालन डी‘अर विजेता मेसी र चर्चित फुटवलर क्रिस्टियानो रोनाल्डो यो पटक मनोनयनमा पर्न सकेनन् ।




