
काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको ४३औं मिनेटमा छिमी तोब्देन दोर्जीले नेपाली खेलाडीको गल्तीमा गोल गर्दै भुटानलाई पहिले अग्रता दिलाएका थिए,तर यो अग्रता कायम रहिरहन सकेन ।
थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह’ बी’ को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो ।
६ अंक जोडेर समूह ‘बी ‘को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।नेपालले सेमिफाइनलमा समूह्’ ए ‘को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

