
काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस–२०२४ पारालम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
एक लाख ३८ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको छ ।
यसैगरी प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।
यसैगरी सोही अवसरमा सिद्धार्थ वनस्थली इन्टिच्युटले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । पलेशालाई ५० हजार नगदसहित सम्मान गरिएको छ । साथै काठमाडौं महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान गरेको थियो । वडा अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे ।





