
सुमन थापा ‘सङ्गम’
गीत
बिधाताले जुरायो कि तिम्रो मेरो साइनो
कुन देवताले भाग्य लेखे मेसो मैले पाइन
सपनीमा उनकै मुहार बिपनीमा झल्को
आई रहन्छ यादहरू पानी जस्तै मूलको
कुन मन्दिरमा चढाउँ धुप, कसलाई सुनाउँ साइनो
कुन देवताले भाग्य लेखे मेसो मैले पाइन
तिमी लहर बन्छौ भने बगी दिन्छु नदी बनि
जहाँ बगौं संगै बगौ ,नछुट्ट्याओस दैवले नि
कुन मन्दिरमा चढाउँ फूल कसलाई सुनाउँ साइनो
कुन देवताले भाग्य लेखे , मेसो मैले पाइन ।









