
काठमाडौ । विभिन्न विषयमा सरकारको प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै युवाहरूको एक समूहले काठमाडौंको बालुवाटार नजिक प्रदर्शन गरेका छन्।
अब बोल्छ नेपाल लेखिएको व्यानरसहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। युवाहरुले भ्रष्टाचारीलाई जोगाउने नियतले पाँच वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन्।
उनीहरुले विभिन्न विवादका प्रकरणमा मुछिएकाहरुको यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने विद्युत् प्राधिकरणका् विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्नुपर्ने जस्ता मागहरु राखेका छन् ।


