
काठमाडो । नेपाली काँग्रेसका नेता शशांक कोइरालाले आगामी २०८४ सालको निर्वाचनमा नेपाली काँग्रेसले नेकपा एमालेसँग कडा मुकाविला गर्नुपर्ने ठोकुवा गरे ।
त्यसैले नेपाली काँग्रेस संगठन मजवुद गर्न लाग्नुपर्ने उनले बताए ।
एमालेसँगको गठबन्धन ठीकै लागेको उनको तर्क थियो । तर पनि एमालेसँग सशंकित भने भैरहनुपर्ने कुरामा उनले जोड दिए ।
“हाम्रो सत्रु, सत्रु त नभनौँ, हाम्रो प्रतिपक्ष, मुख्य प्रतिपक्ष को हो– एमाले हो । उसँग नै हात मिलाएर हामीले सरकारमा आएका छौँ । यो अन्तिम अवसर हो, हाम्रा लागि । यो अन्तिम अवसरलाई हामीले गुमाउन भएन ।” उनले भने ।
नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकमा नेता कोइरालाले यस्तो धारणा राखेका हुन् ।







