
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौला विरुद्ध “निर्धारित समयमा दुईवटा उजुरी परेका छन् । एकजनाले आफैँ उपस्थित भएर उजुरी दिएका छन् भने अर्को उजुरी इमेलमार्फत आएको ,दुवै उजुरी प्रस्तावित न्यायाधीश निरौलाका विरुद्धमा छन्,” संसदीय सुनुवाइ समितिकी सहसचिवले इखबर नेट लाई जानकारी दिइन्
अर्कौ उनीसँगै सर्वोच्चको न्यायाधीश सिफारिस भएका नित्यानन्द पाण्डेविरुद्ध भने उजुरी नपरेको उनले जानकारी दिइन् । समसामयिक विषयमै परेकोसम्म भन्न सकिने उनको भनाइ छ । संसदीय सुनुवाइ समितिको यही असोज १५ गतेको बैठकको निर्णयबाट सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।

