
काठमाडौं । राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेताको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ ।
अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजानी गरेका थिए ।होटलमा सोमबार ४ बजेदेखि आगलागी भएको थियो भने ८ बजे नियन्त्रणमा आएको थियो ।
बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनले जनाए अनुसार कम्तीमा २५ देखि ३० जनाको उद्दार गरिएको थियो ।




