
काठमाडौ ।काभा महिला भलिबल लिगमा आज नेपाल र भारत विच भिडन्त हुँदैछ ।
खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो तीन बजे शुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो ।
भारतले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको भारत अंक तालिकाको शीर्षस्थानमा छ । नेपालको ३ अंक छ ।
काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको महिला टीमको सहभागिता रहेको छ ।


